महुली लघुवित्तको एफपीओ शुक्रबार काठमाडौंमा बाँडफाँट गर्ने : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

महुली लघुवित्तको एफपीओ शुक्रबार काठमाडौंमा बाँडफाँट गर्ने

मेरो आर्थिक मेरो आर्थिक पौष १८ गते २०८१

महुली लघुवित्तको सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार (पुस १९ गते) बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०:३० बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने भएको हो । लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुने भएको हो । आवेदन गर्नेहरु मध्ये ४७ हजार ५४५ जनाले मात्र लघुवित्तको शेयर प्राप्त गर्ने भएका छन् । बाँकी आवेदक १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुने भएको छ ।

महुली लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?