नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका ३ करोड १ लाख ८२ हजार ३४१ एक कित्ता शेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने नेपाल  इन्स्योरेन्सको सेयर मुल्य ९.८२ प्रतिशतले बढेको छ ।

त्यस्तै आज आइसीएफ फाइनान्सको डेभेन्चरको सेयर मुल्य सबैभन्दा बढी ३.७३ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट लिमिटेकोको शेयर ५५ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?