नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ५० करोडको कारोबार : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ५० करोडको कारोबार

मेरो आर्थिक मेरो आर्थिक असार २२ गते २०८२

काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ९ अर्ब ५० करोड ३ हजार २६८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज नेपाल फाइनान्सको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको सेयर मुल्य ७.३६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज गुडविल फाइनान्सको डिभेन्चरको सेयर मुल्य ८. ८७ प्रतिशतले घटेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्य ८.५८ प्रतिशतले घटेको छ ।  

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ४९ करोड ४० लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?