माघ २८ गते २०८२ --:--:--
मेनु

नेप्सेमा सामान्य गिरावट, १९ अर्ब ३६ करोडको कारोबार

मेरो आर्थिक मेरो आर्थिक श्रावण १२ गते २०८२ ४:२१ PM
नेप्सेमा सामान्य गिरावट, १९ अर्ब ३६ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से १२.०७ अंकले घटेर २९६२.१३ विन्दुमा रोकिएको छ । 

आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज समता घरेलु लघुवित्तको सबैभन्दा बढी ९.९९ प्रतिशत, सान्भी इनर्जीको ९.९२ प्रतिशत र ट्रेड टावर लिमिटेडको सेयर ९.५३ प्रतिशतले बढेको छ । त्यस्तै आज बिन्ध्याबासिनी हाइड्रोको सेयर मुल्य ८.४९ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार शिभम सिमेन्टको ९२ करोड ५७ लाख ८२ हजार बराबरको र हिमालयन डिसटिलरीको ७८ करोड ९९ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?