साउदी अरबको भ्रमणमा जाँदै चिनिया राष्ट्रपति
मेरो आर्थिक
मंसिर २१ गते २०७९
समयः ७:४२ am
चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै सातामा साउदी अरब भ्रमण गर्नेछन् ।
तिन दिने भ्रमणमा चिनियाँ राष्ट्रपति जिनपिङले साउदी अरबका राजासँग भेटवार्ताका साथै ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको एक शिखर सम्मेलनमा पनि संलग्न हुनेछन् ।
आधिकारिक साउदी प्रेस एजेन्सीले प्रदान गरेको जानकारी अनुसार चिनियाँ राष्ट्रपति आज बुधबार भ्रमणका लागि साउदी अरबमा अवतरण गर्नेछन् । साथै उनले चीनको फैलिंदो सम्बन्धलाई अझ बढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरुसँग पनि छलफल गर्ने बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको निर्मालीकरण पश्चात् चिनियाँ सीको यो तेस्रो विदेश भ्रमण हो । २०१६ पछि साउदी अरबको उनको यो पहिलो भ्रमणसमेत हो । साउदी अरब र अमेरिकाबीचको ऊर्जा नीतिदेखि लिएर क्षेत्रीय सुरक्षा तथा मानवअधिकारका मुद्दाका बीच हुन लागेकाले सीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।