फागुन २५ गते २०८२ --:--:--
मेनु

माण्डबी गाउँपालिको सार्वजनिक सुनुवाई, अत्याधिक जनगुनासो

मेरो आर्थिक मेरो आर्थिक पौष १८ गते २०७९ २:०४ PM
माण्डबी गाउँपालिको सार्वजनिक सुनुवाई, अत्याधिक जनगुनासो

प्युठान सम्वाददाता l माण्डबी गाउँपालिकाले नियमित रुपमा गर्ने सार्वजनिक सनुवाई कार्यक्रम सोमबार सम्पन्न गरेको छ l चौमासिक रुपमा पालिकाले गदै आएको कामको सार्वजनिक सुनुवाई गर्दै आएको छ l यस चालु आर्थिक बर्षको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले गरेको थियो l


जनताले अपेक्षा गरेको भन्दा बढी नै प्रचार गरिएको स्थानीय सरकार व्यवस्थापनमा भने कमजोर देखिन्छन l बिभिन्न शिर्षकमा जनताको ढाड सेक्ने गरि कर असुल्दै आएको छन l स्थानीय नीलकण्ठ अधिकारीले भने- ‘आधारभूत बिद्यालय सम्म निशुल्क पठनपाठन गर्ने ,भर्ना शुल्क तथा परिक्षा शुल्क कहिले सम्म फिर्ता हुन्छ l’ अधिकारी थप्दै भन्छन-‘बिद्यालय
व्यवस्थापन समितिको बिना सहमतिमा शिक्षक कसरी सरुवा भयो ?’ उनको प्रश्नमा वडा अध्यक्ष डिलबहादुर घर्ति मगरले भने -‘तत्काल पद पूर्ति गर्न नसकेर भएको जनशक्तिबाट व्यवस्थापन गरेको घर्तिले बताए l


स्थानीय राजेन्द्र रावत क्षेत्री भन्छन -‘द्वन्द्व प्रवाहित घाईते ,अपाङ्गता र शहिद परिवार र बिपन्न परिवारहरुको लागि पालिकाको के कस्ता योजनाहरु गरेको छन् भन्ने प्रश्नमा गाउँपालिकाको अध्यक्ष नमराज अधिकारीले भने -सहिद परिवारलाई मासिक २ हजार दिएको छौ र अब हुने योजनामा सबै कुरालाई समेटेर कार्यबिधि बनाएर सबै समस्याको हल गर्छौ अधिकारीले बताए l

सोहि वडाको स्थानीय डोर बहादुर खड्काले प्रस्न गर्छन – ‘गत आर्थिक बर्षहरुमा २ पटक जेष्ठ नागरिकहरुलाई वडाबाट सम्मान गरिन्थ्यो , जेष्ठ नागरिकहरुको समस्या ,गुनासो सुनिथ्यो तर यस आर्थिक बर्षमा किन संजाल नै गठन गर्न सकिएन ?’ माण्डबि गाउँपालिका अध्यक्ष अधिकारी भन्छन-‘धेरै जसो जनप्रतिधिनिहरु नया हुनुहुन्छ ,हामि सिकाई मै छौ अब यस्तो
योजना र समस्याहरुलाई तपाईहरुसंग छलफल गर्छौ l’


पछिल्लो समयमा बालबालिकाहरुलाई शिक्षा भन्दा पैसालाई प्राथामिकता राखेर बालबालिकाहरु बैदेशिक रोजगारमा जाने धेरै बढेको छ, त्यस्तो समस्यालाई पालिकाले के-कस्ता योजना बनाएको छ भन्ने प्रश्नमा -‘ अधिकारीले भन्छन -‘हाम्रो यो पहिलो बर्ष हो , अझै सिकाई मै छौ, केहि कामहरु गर्दै छौ भने केहि योजनाहरु समेटेका छौ अब आगामी आर्थिक बर्षबाट यस्ता योजनाहरुलाई प्रथामिकतामा राखेर काम गर्छौ l

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?