वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा नवनिर्वाचित उपसभामुख अप्सरा चापागाइँलाई आज पद तथा गोपनियता शपथ गराउनुभएको छ ।
सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सभामुख भुवनकुमार पाठक, सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र बिना विभागीयमन्त्री उद्धब थापा उपस्थित हुनुहुन्थ्यो । नवनिर्वाचित उपसभामुख चापागाइँले आजै प्रदेशसभा सचिवालय गएर कार्यभार सम्हाल्नुभयो सोमबार बसेको प्रदेशसभाको बैठकले उहाँलाई उपसभामुख पदमा निर्वाचित गरेको थियो ।













