Skip to content
logo
मंसिर ९ गते २०८१ समयः

महिन्द्राको गाडी लन्च

मेरो आर्थिक
मेरो आर्थिक
माघ १७ गते २०७९
महिन्द्राको गाडी लन्च

भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० एक्सयूभी, ७ डबल ‘ओ’का रूपमा उच्चारण गरिने नेपालमा सार्वजनिक गरेको छ । ‘एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त छ, एक्सयूभी ७०० नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ । भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल दोस्रो बजार हो, जहाँ एक्सयूभी ७०० लन्च गरिएको छ ।’

नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सम्मानित कार हो । महिन्द्रा एक्सयूभी ७०० लाई रु।७४ लाखको आकर्षक मूल्यमा सार्वजनिक गरिएको छ ।

एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयुभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको कम्पनीको भनाइ छ । एसयूभीमा १०।२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ

एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइनेछ । सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ । ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँच वटा शोरुममा विस्तार गरिनेछ ।

Add a new comment