Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

माछापुच्छ्रे बैंकका ग्राहकलाई स्वास्थ्य संस्थाहरुमा विशेष छुट

मेरो आर्थिक
मेरो आर्थिक
माघ २५ गते २०७९
माछापुच्छ्रे बैंकका ग्राहकलाई स्वास्थ्य संस्थाहरुमा विशेष छुट

माछापुच्छ्रे बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । दुई स्वास्थ्य संस्थाले उपलब्ध गराउने सेवा सम्बन्धमा बैंकले विशेष छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतासँगै बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायबेटिक तथा अन्य रोग सम्बन्धी सुविधा लिदाँ १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् त्यस्तै काठमाडौंको बसुन्धारामा अवस्थित चिरायु नेशनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने बताईएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले यस अघि पनि देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकलाई आकर्षक छुट सुबिधा प्रदान गर्दै आइरहेको छ ।

Add a new comment