फागुन २५ गते २०८२ --:--:--
मेनु

आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

मेरो आर्थिक मेरो आर्थिक माघ २५ गते २०७९ ११:०७ AM
आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसनको मोबाइल वालेट आईएमई पेको प्रयोग गर्ने भएको छ ।
सम्झौतापत्रमा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौता अनुसार महानगरलाई स्थानीयहरुले तिर्नुपर्ने करहरु, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर सजिलै आईएमई पे एपबाट तिर्न सकीने भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?