सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड(SADBL)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ८.५३४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.४४९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। माघ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।












