फागुन २६ गते २०८२ --:--:--
मेनु

एनआईसी एशिया बैंकको भ्यालेन्टाइन डे अफर

मेरो आर्थिक मेरो आर्थिक माघ २९ गते २०७९ ८:३१ AM
एनआईसी एशिया बैंकको भ्यालेन्टाइन डे अफर

युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले एक अफर ल्याएको छ । आफ्ना ग्राहकहरूका लागि बैंकले सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको हो ।

जुन योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो । २०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा सो बैंकद्वारा राखिएको क्युआर कोड तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहक ग्राहकलाई १४ प्रतिशत वा अधिकतम रु.२०० सम्म क्यास ब्याक उपलब्ध हुने बैंकले जनाएको छ ।

साथै, बैंकले यसरी कारोबार गर्ने मध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेन्टाइन डेको दिन अर्थात् २०७९ फाल्गुन (२) २३ फेब्रुअरी १४ मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाइएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?