फागुन २६ गते २०८२ --:--:--
मेनु

सामसङको मोबाइल सेट फेब्रुअरी लक्षित अफरमा

मेरो आर्थिक मेरो आर्थिक फागुन ३ गते २०७९ ११:२८ AM
सामसङको मोबाइल सेट फेब्रुअरी लक्षित अफरमा

फेब्रुअरीलाई लक्षित गरेर सामसङले छुट अफरसहित मोबाइल सेट बिक्री गरिरहेको छ । सामसङका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड ४ गत वर्ष बजारमा उपलब्ध भएकामा यही फोन फेरि छुटसहित पुनरागमन गराइएको छ ।

ग्यालेक्स जेड फोल्ड४ खरीद गर्दा १०,००० रुपैयाँ थप गर्दा बजार मूल्य ने.रु.४९,००० पर्ने नयाँ ४६ मिमिको ग्यालेक्सी वाच४ क्लासिक पनि प्राप्त गर्न सकिनेछ । जसबाट ने.रु.३९,००० बचत भइ अत्यधिक लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फ्लिप४ खरीद गर्दा ने.रु.५००० थप गरेमा ने.रु.२७,९९९ मूल्य पर्ने ग्यालेक्सी बड्स२ प्रो अफरमा पाइनेछ । जसबाट ने.रु.२२,९९९ बचत गर्न गर्न सकिने कम्पनीको भनाइ छ । यो अफर यही फेब्रुअरी २८ तारिखसम्म मात्र कायम गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?