फागुन २६ गते २०८२ --:--:--
मेनु

कुमारी बैंकले विद्युतीय सवारी कर्जा प्रदान गर्दै

मेरो आर्थिक मेरो आर्थिक फागुन १६ गते २०७९ १०:१७ AM
कुमारी बैंकले विद्युतीय सवारी कर्जा प्रदान गर्दै

कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा कर्जा उपलब्ध गराउने जनाइएको छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८०% सम्म कर्जा प्राप्त गर्न सक्ने छन्, साथै कर्जाको अवधि ८ वर्ष सम्म रहने प्रावधान गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?