पेट्रोलियम पदार्थको मूल्य इण्डियन आयल कर्पोरेशन आईओसीले घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ ।
आईओसीले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्यसूची पठाएको थियो । तर नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आएपनि नेपालमा नबढाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य रु ३३९.०६ बढेर आएको छ ।
एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा करिब ४० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।












