Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

हुण्डाईको नयाँ ग्रान्ड आई १० निओस सार्वजनिक

मेरो आर्थिक
मेरो आर्थिक
फागुन २३ गते २०७९
हुण्डाईको नयाँ ग्रान्ड आई १० निओस सार्वजनिक

नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ह्याचब्याक सेग्मेन्टमा ग्रान्ड आई १० निओस मोडलको फेसलिफ्ट भर्सन भित्राएको छ । हुण्डाई ग्रान्ड आई १० निओसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । कम्पनीले ग्रान्ड आई १० निओस अझ बढी परिष्कृत, आरामदायी रहेको कम्पनीले जनाएको छ ।

सुरक्षाको हिसाबले नयाँ ग्रान्ड आई १० निओस पहिले भन्दा पनि बढी परिष्कृत र नवीनतम रहेको कम्पनीको भनाई छ । यो गाडी एडभान्सड हाईस्ट्रेन्थ स्टीलद्वारा तयार गरिएको छ ।

गाडीमा चालक र प्यासेन्जरलाई आरामदायी यात्राको अनुभव गराउने फिचर पनि रहेको कम्पनीले जनाएको छ । नयाँ ग्रान्ड आई १० निओसको प्रारम्भिक मूल्य रु.२९.९६ लाख कायम गरिएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।

Add a new comment