जमुनी अटो सेन्टरले नेपाली बजारमा नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। हालै स्थापना भएको जमुनी अटोले बुधबार एक समारोहको आयोजना गर्दै काठमाडौँको भृकुटीमण्डवमा नेपालमै आफ्नो पहिलो तथा मुख्य शोरुमको औपचारिक उद्घाटन गरेको हो ।
स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर ईलेक्ट्रिक स्लेन सार्वजनिक पनि गर्यो । ३५०० वाटको क्षमता भएको र ७२ भि ५२ एच ब्याट्री पावर भएको स्लेन ईलेक्ट्रिक स्क्टुर रातो, कालो, खैरो, सेतोसहित पाँचवटा आकर्षक रंगहरूमा उपलब्ध छन् ।
यो ईलेक्ट्रिक स्क्टुर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको र यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको जमुनी अटो सेन्टर प्रा.लि.की अध्यक्ष डा। मनोरमा जैसवालले बताएकी छन्।
चीनमा निर्मित स्लेनका ईलेक्ट्रिक स्कुटरहरू अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन्। यसको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ। बुधबार १ हजार रुपैयाँ तिरेर ईलेक्ट्रिक स्क्टुर बुकिङ गरेका ग्राहकहरुले २५ हजार नगद छुट पनि प्राप्त गरेका र पहिलो ५० जना ग्राहकहरूमध्येबाट भाग्यशाली एकजनाले १ लाख रुपैयाँको बम्पर उपहार पाउने छ। आजैबाट जमुनी अटो सेन्टर प्रा.लि.ले पोखरा र बाग्लुङमा पनि आफ्नो नयाँ शोरूमहरू संचालनमा ल्याएको छ।












