Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
फागुन २८ गते २०७९
वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच वैदेशिक रेमिट्रयान्स बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् ।

नेपाल रेमिट मार्फत बैंकिङ्ग च्यानलमा पठाएको रकम नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई बैंकको शाखा कार्यालयहरू मार्फत सहजै मिल्नेछ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास गरिएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा छन् ।

Add a new comment