रासायनिक मलमा गरिएको अनुदान कटौतीको व्यापक विरोध भएपछि सरकार सो निर्णयबाट पछि हटेको छ । सोमबार सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको हो ।
सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो । सो निर्णयका विरुद्ध विभन्नि राजनीतिक दलका भातृ संगठनका रुपमा रहेका किसान संगठनहरुले आन्दोलनका घोषणा गरिसकेका थिए ।












