निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले विक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौतामा निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट कर्जा लिन सक्ने ।
सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पको तर्फबाट प्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।













