महालक्ष्मी विकास बैंकको विभिन्न संस्थाहरुसँग सम्झौता भएको छ ।
महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले काठमाडौँको बुढानीलकण्ठमा अवस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिटका सेवाहरूमा अधिकतम १०%, बुटवल उपमहानगरपालिकास्थित अमरपथमा अवस्थित समृद्धि हेयर ड्रेसिङ सलून एण्ड एकेडेमीका सेवाहरूमा अधिकतम २०% र टंगालस्थित छोटु युनिसेक्स सलूनका सेवाहरूमा २०% छुट प्राप्त गर्न सक्ने बताईएको छ ।
बैंकको डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकको रहेको छ ।
महालक्ष्मी विकास बैंकको विभिन्न संस्थाहरुसँग सम्झौता











