फागुन २५ गते २०८२ --:--:--
मेनु

माइजोगमाई गाउँपालिकाले बधशाला भाडामा सञ्चालन गर्ने

मेरो आर्थिक मेरो आर्थिक जेठ ३ गते २०८० ३:०० PM
माइजोगमाई गाउँपालिकाले बधशाला भाडामा सञ्चालन गर्ने

माइजोगमाई गाउँपालिकाले बधशाला भाडामा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै बधशाला भाडामा सञ्चालन गर्ने जनाएको हो ।

गाउँपालिकाको अनुसार गाउँपालिका र प्रदेश सरकारको आयोजनामा निर्माण गरिएको बधशाला भाडामा दिन लागेको हो । गाउँपालिकाले भाडाको शुल्क निर्धारण गरेको जनाइएको छ ।
गाउँपालिकाले २ वटा ठूलाको लागि मासिक १४०० र साना ४ वटालाई ७०० रुपैयाँ मासिक शुल्क निर्धारण गरिएको छ । इच्छुक व्यक्ति तथा फार्मले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?