फागुन २५ गते २०८२ --:--:--
मेनु

सुनपाद्धारा विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री बितरण

मेरो आर्थिक मेरो आर्थिक जेठ १५ गते २०८० ५:३६ PM
सुनपाद्धारा विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री बितरण

नगरपालिकाले विभिन्न शैक्षिक क्षेत्र ( प्राविधिक ) को बाह्र जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिइएको छ। विद्यार्थी श्री संगम दर्जी पशु विज्ञान विषयमा अध्ययनरत विद्यार्थीलाई ३ बर्षको निम्ति ९०,००० , कन्चना आचार्य बन विज्ञान विषयमा अध्ययनरत छात्रालाई ३ बर्षको निम्ति ९०,००० , स्नेहा खड्का सिए अध्ययनरत छात्रालाई ५०,००० लगायत अन्य गरी पाचँ लाख बाह्र हजार उपलब्ध गराइएको थियो ।

शिक्षाको बाह्र महिना बाह्रै कार्यक्रम मार्फत हस्तलेखन प्रतियोगिता कक्षा १ देखि कक्षा आठसम्मका विद्यार्थीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा प्रकृति कट्टेल १ देखि ५ कक्षासम्मका प्रथम ( बालागुरु ज्ञानविज्ञान शिक्षा सदन) र १ देखि ८ सम्मका विद्यार्थीहरुमध्ये प्रतिशा ढकाल हेरोहल एकाडेमीले प्रथम स्थान लिएको थियो ।

नगरपालिकाले १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता खेलाडीहरुलाई ३देखि २१ हजारसम्म नगद पुरस्कार र प्रंशसा पत्र उपलब्ध गराएको थियो ।

नगर शिक्षा शाखाले आधारभूत विद्यालय सुन्तलेको प्रधानाध्यापकलाई कम्प्युटर सहित CCTV उपलव्ध गराएको थियो ।

नगरपालिकाभित्रका कँराते खेलाडीहरुको निम्ति ५५ थान म्याट उपलब्ध गराएको छ। तीनखुट्टे डोजोले पहल गरेको हुनाले सोही डोजोको नेतृत्वमा उक्त सामाग्री हस्तातरण गरिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?