ईलाम:- सूर्योदय नगरपालिकामा स्त्री रोग, पोष्ट्रेट , PAP Smear , डेन्डल, आखॅा , फिजिसियन गरी ५ प्रकारको रोगहरूको निशुल्क दुई दिने शिविर सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा संचालन भएको थियो ।
उक्त शिविरमा बडा नम्बर ४ मा ३८३ जना र वडा नम्बर ५ मा १९३ जनाले सेवा लिएका थिए ।
५० बर्ष माथिका पुरूषहरूलाई बढी Prostate हुने सम्भावना बढी हुने र यो Prostate cancer को रूपमा पनि विकसित हुन सक्ने भएको हुनाले यसबाट पूर्व जानकारी लिनको निम्ति पनि यस आर्थिक बर्ष २०७९/८० देखि थप गरिएको हो ।
उक्त शिविरमा डा. विमल, डा. ममता , डा.सागर, डा. धनराज लयायतले जाचॅ गर्नु भएको थियो । साथै महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखाप्रमुख तारा शेर्पा र कर्मचारीको महत्वपूर्ण भूमिका रहेको थियो ।
उक्त दुई दिने शिविरमा सम्वन्धित वडाका स्वास्थ्य कर्मचारीहरू र सम्वन्धित वडाका वडाध्यक्ष , जनप्रतिनिधि, साथै टोल विकास संस्थाहरूको पनि उल्लेख्य भूमिका रहेको थियो ।

उक्त शिविरलाई सूर्योदय नगरपालिकाका मेयर रण बहादुरले महत्वपूर्ण अभियानको रूपमा लिएको बताउनु भएको छ । उक्त शिविरले वडाबासीहरूलाई रोगबाट सचेत हुने अवसर मात्रै हैन , लाखौं खर्च हुनबाट बचेको राईले बताउनु भयो ।
साथै रोग लागिसकेर भन्दा पनि रोग लाग्न नदिनको निम्ति यो शिविर आयोजना गरिएको थियो ।













