फागुन १४ गते २०८२ --:--:--
मेनु

भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो जरिवाना

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८० ७:३१ PM
भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो जरिवाना

विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ । विशेष अदालतले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो ।

राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।

अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?