फागुन २५ गते २०८२ --:--:--
मेनु

काठमाडौं महानगरपालिकाको २०८०/०८१ को नीति तथा कार्यक्रम पारित

मेरो आर्थिक मेरो आर्थिक असार ८ गते २०८० २:२३ PM
काठमाडौं महानगरपालिकाको २०८०/०८१ को नीति तथा कार्यक्रम पारित

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको हो । अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका प्रमुख शाहले, चालू आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी वर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति पेश गरेका थिए ।

‘सांस्कृतिक सहर, समृद्ध महानगर’ महानगरपालिकाको दीर्घकालीन सोच हो । यसमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थालाई नीति तथा कार्यनीतिमा समेटिएको उनको भनाई छ ।

महानगरले आगामी आवको नीति तथा कार्यक्रममा वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ गरेर निर्यात गर्ने, १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, शहरी सेवा, सुविधा र शहरी शासनका सवाललाई दिगो बनाउन स्वर्णिम योजना सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश छन् ।

उनीहरूले सरसफाइमा प्रविधि र उपकरण थप गर्ने, विद्यालयमा दिइँदै आएको दिवा खाजाको रकम पुनरावलोकन गर्नुपर्ने, वर्षौदेखि करार सेवामा रहेका कर्मचारीहरुलाई प्रक्रिया पूरा गरेर स्थायित्व प्रदान गर्नुपर्ने, सूचना प्रविधिमा आधारित सेवालाई दिगो सञ्चालनमा ल्याउनुपर्ने, निःशुल्क वितरण हुने औषधि वडाबाट प्रदान गरिनुपर्ने, सहकारीमा रहेको जोखिमयुक्त बचतलाई जोगाइदिनु पर्ने, धूम्रपान तथा सूर्तिजन्य वस्तुको वेचविखनलाई कानुन बमोजिम रोक लगाउनुपर्नेजस्ता विषयलाई नीति र कार्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिए ।

आजको बैठकमा नगरसभाका १७ जना सदस्यले धारणा राखेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?