माघ २२ गते २०८२ --:--:--
मेनु

फ्रान्समा हिंसात्मक प्रदर्शन, ४५ हजार प्रहरी परिचालन

मेरो आर्थिक मेरो आर्थिक असार १७ गते २०८० ११:०८ AM
फ्रान्समा हिंसात्मक प्रदर्शन, ४५ हजार प्रहरी परिचालन

मंगलवार ट्राफिक प्रहरी कारबाहीमा एक युवाको ज्यान गएपछि फैलिएको हिंसात्मक प्रदर्शन पाँचौँ रात पनि जारी रहेको बीबीसीले जनाएको छ ।

पेरिसबाट सुरु भएको आन्दोलन अहिले देशैभर फैलिएको छ । प्रदर्शनकारीले घातक हतियारसमेत प्रयोग गर्न थालेका छन् । ठाउँ ठाउँमा पसल, बैंक, गाडी, घर लगायतका संरचनामा लुटपाट भएका छन् ।

४५ सय भन्दा धेरै सरकारी र निजी भवन तथा गाडीमा आगजनी भएको छ । सरकारले हिंसा नियन्त्रणको लागि ४५ हजार जना प्रहरी परिचालन गरेपनि अवस्था नियन्त्रण बाहिर रहेको खबरमा उल्लेख छ । प्रहरीले अहिलेसम्म २५ सय जना भन्दा धेरैलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु धेरैजसो किशोर अवस्थाका छन् ।

फ्रान्सको राजधानी पेरिसमा गएको मंगलवार एक १७ वर्षका किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन भइरहेको छ । नाहेल एमलाई मंगलवार बिहान पेरिसमा एक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?