‘आईएमई पे’ एसिया कप क्रिकेट-२०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ ।
भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निःशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् ।
८ भदौदेखी १२ भदौसम्म सञ्चालन हुने सो अफर अन्तर्गत सेवाग्राहीले ‘आईएमई पे’ मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा “एसिया कप” प्रोमो कोडको प्रयोग गरी १५० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्ने छन् ।













