माघ २२ गते २०८२ --:--:--
मेनु

सुनचाँदीको मुल्यमा केहि वृद्धि

मेरो आर्थिक मेरो आर्थिक भाद्र २५ गते २०८० १२:१७ PM
सुनचाँदीको मुल्यमा केहि वृद्धि

भदौ २५ गते सोमबार, सुन तोलामा १०० रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख ११ हजार ९०० रुपैयाँमा झरेको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४०० रुपैयाँमा पुगेको छ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?