फागुन १५ गते २०८२ --:--:--
मेनु

विश्वकप छनोटमा नेपाल र मलेसियाबिच आज दोस्रो खेल हुँदै

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १४ गते २०८० १२:०३ PM
विश्वकप छनोटमा नेपाल र मलेसियाबिच आज दोस्रो खेल हुँदै

आईसिसी टी–२० विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालको दोस्रो खेल आज मलेसियासँग हुँदैछ। आइतबार सिंगापुरसँगको खेलमा ८ विकेटको शानदार जीत हासिल गरेको नेपालले आज मलेसियाको सामना गर्नेछ। सो खेल दिउँसो सवा एक बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ।

आइतबार भएको पहिलो खेलमा मलेसिया, ओमानसँग ३२ रनले पराजित भएको थियो।

दिउँसो सवा एक बजे हुने अर्को खेलमा कुवेतले युएईको सामना गर्नेछ। सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ। सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?