माघ २२ गते २०८२ --:--:--
मेनु

यू–१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्दै

मेरो आर्थिक मेरो आर्थिक मंसिर २४ गते २०८० ८:२० AM
यू–१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्दै

एसीसी यू–१९ एसिया कपमा आज आइतबार नेपाली टिमले अफगानिस्तानसँग क्रिकेट खेल खेल्ने भएको छ ।

यस अघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?