नगद लाभांश वितरण गर्दै सिद्धार्थ प्रिमियर इन्सोरेन्स : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

नगद लाभांश वितरण गर्दै सिद्धार्थ प्रिमियर इन्सोरेन्स

मेरो आर्थिक मेरो आर्थिक माघ २२ गते २०८०

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने गरी घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर प्रयोजनार्थ सहित) का दरले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिबाट पारित भएतापनि नेपाल बीमा प्राधिकरणबाट स्वीकृत लिन र आगामी वार्षिक साधारण सभाले पारित गराउन भने बाँकी नै रहेको छ । सो प्रकृयापश्चात लाभांस वितरणयोग्य हुनेछ ।