शुक्रबार एक बिज्ञप्ति जारी गर्दै वित्तीय संस्थाका कर्मचारीहरु पक्राउ गरिएको घटनाले हामी सरोकारवाला निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ र नेपाल च्याम्वर अफ कमर्श गम्भीर भएकाे ध्यानाकर्षण गराएका छन ।
निजी क्षेत्रका तीनै संगठनले कसुर प्रमाणित नभएसम्म कर्मचारीहरूलाई पक्राउ गरेर आतंकित नबनाउन सरकारसँग आग्रह गरेका छन ।
निजी क्षेत्रले बैक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन एवं नेपाल राष्ट्र् बैंकले समय समयमा जारी गर्ने नियामकीय निर्देशनहरु भित्र रहेर बैंकिग कारोवार गर्दैै आइरहेको दाबी गरेका छन ।
धितो मूल्यांकनलाई आधार बनाएर दिइएको कर्जाका सम्वन्धमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पक्राउ गरिएको घटनालेले दुख: दिने नियत देखिएको बिज्ञप्तिमा उल्लेख छ ।
‘विद्यमान कानूनी व्यवस्था,नियमनकारी निकायका नीति निर्देशनमा रही काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको हो की भन्ने देखिएको छ’ बिज्ञप्तिमा भनिएको छ ।
यस्ता कार्यले बैंकरहरुको कार्य दक्षतामा आँच आउने,निर्णय गर्न नसक्ने एवं मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने बताइएको छ । बैंकका कर्मचारी पक्राउको असर समग्र अर्थतन्त्रको बृद्धि विकासमा व्यवधान हुन सक्ने तर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन ।
बिज्ञप्तीमा भनिएको छ‘अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्छ तर बैंकिङ्ग क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भईरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्न सक्ने तर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं’ ।












