आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई ५० हजार जरिवाना : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई ५० हजार जरिवाना

मेरो आर्थिक मेरो आर्थिक फागुन २१ गते २०८०

काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

नगरपालिकाकाे क्यान्टिन नारायणी चमेना गृहको खानाका विषयमा गुनासाे आएपछि महानगरले अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिएका छन् ।

यसैगरी, मूल्य अनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको महानगरले जानकारी दिएकाे छ । झाले भने, ‘हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । यसलाई अटेर गरेपछि कारवाही गरेका हौँ । हामीले नमूना परीक्षणका खानेकुरा मागेका थियौँ । सञ्चालकले खानेकुरा दिन मानेका थिएनन् ।’

अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वच्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन पनि महानगरले क्यान्टिनलाई निर्देशन दिएको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?