पेट्रोलियम पदार्थको मुल्य घट्यो, नयाँ मुल्य सूची सार्वजनिक
मेरो आर्थिक
जेठ १९ गते २०८१
समयः ७:४३ am
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।
सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जाेडेको छ । तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।
यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ पुगेको छ ।