मोदीको तेस्रो कार्यकालको पहिलो निर्णय : गरिबहरूका लागि घर उपलब्ध गराउने : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

मोदीको तेस्रो कार्यकालको पहिलो निर्णय : गरिबहरूका लागि घर उपलब्ध गराउने

मेरो आर्थिक मेरो आर्थिक जेठ २९ गते २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको पहिलो निर्णय थप तीन करोड ग्रामीण तथा सहरी घरधुरीलाई घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेका छन् । आवास सहायताका लागि योग्य हुने परिवारहरूको बढ्दो सङ्ख्याका कारण यो निर्णय गरिएको जनाइएको छ । 

सबै घरहरूलाई अन्य आधारभूत सुविधाहरू जस्तै घरेलु शौचालयहरू, ग्यास जडान, बिजुली जडान, धारा जडान, आदि केन्द्र सरकार र राज्य सरकारहरूको अन्य योजनाहरूसँग मिलाएर उपलब्ध गराइन्छ ।

ग्रामीण तथा सहरी क्षेत्रका योग्य घरधुरीलाई आधारभूत सुविधासहितको घर निर्माणमा सहयोग पुर्‍याउन भारत सरकारले सन् २०१५/१६ देखि प्रधानमन्त्रीआवास योजना लागू गर्दै आएको छ ।