प्युठान नगरपालिकाको नमुना अभ्यास, अभिभावक बिहिन बालबालिकालाई पठनपाठन : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

प्युठान नगरपालिकाको नमुना अभ्यास, अभिभावक बिहिन बालबालिकालाई पठनपाठन

मेरो आर्थिक मेरो आर्थिक असार १४ गते २०८१

राधिका भुषाल । प्युठान । प्युठान नगरपालिकाले बालबालिकाको शिक्षा क्षेत्रमा नमुना अभ्यास सहित नयाँ आयामको शुरुवात गरेको छ। जस अनुरुप नगर क्षेत्र भित्रका अभिभावक बिहिन बालबालिकालाई आवासीय संरक्षण सुरक्षा सहितको पठनपाठनको लागि व्यवस्थापन गर्दै अभिभावकत्व लिएको जनाएको हो।

यसै क्रममा नगरपालिकाले गत शैक्षिक सत्र २०८० देखि मुक्ति माध्यामिक बिद्यालय रातामाटामा सम्पुर्ण खर्च बेहोर्ने नगरपालिका भित्रका २७ जना बालबालिकालाई बिद्यालय  भर्ना गरेको थियो। बालविकास देखि कक्षा १२ सम्मको अध्ययनरत बालबालिकाले पठनपाठन गर्दै आएको त्यहाँका शिक्षक कृष्ण घिमिरेले बताए। प्युठान नगरपालिकाले यी बालबालिकाको खानपान, शैक्षिक सामग्री, आवास, लत्ताकपडा, बिद्यालय पोशाक लगायतका सम्पुर्ण खर्च बेहोर्दै अभिभावकत्व लिएको छ। घिमिरे भन्छन्ः “नगरपालिका भित्रका कुनै पनि बालबालिकाहरु शिक्षा क्षेत्रबाट बन्चित हुनु हुँदैन र स्थानीय सरकार भनेको जनताको सरकार हो । प्रत्येक नागरिकलाई प्रत्याभूति हुने गरि काम गर्नुपर्ने हुन्छ। यसलाई दीर्घकालीन रुपमै निरन्तरता दिनु पर्छ।”

बालबालिकाहरुको रेखदेखमा खटिएका शिक्षक बिष्णुकान्त मिश्रका अनुसार ६ वर्ष देखि १८ वर्ष सम्मका १० जना छात्र १७ छात्राले अध्यन गर्दै आएको थिए । यस मध्ये २ जना छात्रा कक्षा १२ को परिक्षा दिएका छन्। बिहानको नास्ता, खाना दिउँसोको खाजा र बिद्यालय छुट्टी भएपछी खाजा र बेलुका खाना गरी दैनिक ५ पटक खाना खुवाउने गरेको तथा उनीहरुको प्राथमिक उपचार समेत प्युठान नगरपालिकाले गरेको शिक्षक मिश्रको भनाई छ।

कक्षा ७ मा भर्ना भई हाल कक्षा ८ मा अध्यनरत छात्रा रोशनी के.सी.ले यदि घरमा भएको भए घाँस दाउरा गर्न पर्ने हुँदा पढ्न नपाउने दुखेसो पोखिन। उनले भनिन “यहाँ सबैले जनाले केयर गनु हुन्छ, रामोसँग पढ्न पाएको छु। मेरो बहिनी पनि यहि स्कुलमा कक्षा १ मा पढ्दै छिन् । हामीले कक्षा १२ सम्म यहीँ बिद्यालयमा पढ्ने हो।” बालबालिकालाई शिक्षाको व्यवस्था मिलाएकोमा उनले नगरपालिकालाई धन्यवाद समेत  दिईन्।  

अभिभावक बिहिन बालबालिका लागि ऐन तथा कार्यविधि बनाएर सम्पुर्ण बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि यो काम सुरु गरेको प्युठान नगरपालिका नगर प्रमुख बिष्णु योगीले बताए। “कुनै पनि बालबालिका शिक्षाबाट बन्चित नहोऊन् भनेर हामीले अभिभावक बिहिन बालबालिकाहरुलाई सहज रुपमा पठनपाठन व्यवस्था मिलाएका नगर  प्रमुख बिष्णु योगीले भने हामीले थप व्यवस्थापन गर्दै यो कामलाई हामीले निरन्तरता दिने छौ।”
नगरपालिकाले चालेको यो अभियानले राम्रो अभिभावकत्व प्रदान गरेको तथा बालबालिकालाई सेवा सुविधा प्रदान गरेकोमा बिभिन्न सरोकारवालाहरुले स्वागतयोग्य कदमकारुपमा लिएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?