माघ २२ गते २०८२ --:--:--
मेनु

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु, तीन दिन शोक घोषणा

मेरो आर्थिक मेरो आर्थिक श्रावण २६ गते २०८१ ७:३६ AM
ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु, तीन दिन शोक घोषणा

ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थल तर्फ उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ।

बीबीसीका अनुसार, प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ । यो खस्दै गर्दा अनियन्त्रित भएर घुमिरहेको भिडियोमा देखिएको छ।

एटीआर ७२–५०० मा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?