माघ २२ गते २०८२ --:--:--
मेनु

शुक्रबार छोइ नसक्नु तरकारीको भाउ

मेरो आर्थिक मेरो आर्थिक कार्तिक ९ गते २०८१ १०:४० AM
शुक्रबार छोइ नसक्नु तरकारीको भाउ

शुक्रबार अधिकांश तरकारी महँगिएको छ । सानो गोलभेँडा, राजमा, लौका, परवर, घिरौंला, पाकेको फर्सी, हरियो फर्सी, भिण्डी, बरेला, इस्कुस, च्याउ लगायत तरकारी भाउ अघिल्लो दिनको तुलनामा बढेको छ ।

स्थानीय सानो गोलभेँडा प्रतिकिलो १३०, भारतीय ठूलो गोलभेँडा १३०, टनेल सानो गोलभेँडा १५० रुपैयाँ प्रतिकिलो छ । रातो आलु ८५, भारतीय रातो आलु ६२, स्थानीय काउली १४०, लाम्चो भन्टा ६०, डल्लो भन्टा ९०, तने बोडी १२०, घिउ सिमी १००, टाटे सिमी ८० रुपैयाँ प्रतिकिलो छ ।

थप जानकारीको लागि तलको तालिकामा हेर्नुहोला :

स्रोत – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?