दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड


नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ।आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो। पछिल्ला दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%