पौष २ गते २०८२ --:--:--
मेनु

काठमाडौँको कोहिनुर हाउजिङ नजिकै सडक भासियो

मेरो आर्थिक मेरो आर्थिक असाेज १८ गते २०८२ २:१७ PM
काठमाडौँको कोहिनुर हाउजिङ नजिकै सडक भासियो

काठमाडौँ । निरन्तर वर्षापछि काठमाडौं महानगरपालिका-१४ को  कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ । 

उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ । थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको महानगरले जनाएको छ ।

कुनै बस्तीमा डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको र जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन महानगरले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?