फागुन २१ गते २०८२ --:--:--
मेनु

श्रीलङ्काको समुद्री क्षेत्र नजिक इरानी युद्धपोत ध्वस्त, ८७ इरानी नौसैनिकको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक फागुन २१ गते २०८२ ५:५५ AM
श्रीलङ्काको समुद्री क्षेत्र नजिक इरानी युद्धपोत ध्वस्त, ८७ इरानी नौसैनिकको मृत्यु
Smoke rises from Iran navy’s largest ship in Jask port in the Gulf, Iran, June 2, 2021. WANA (West Asia News Agency) via REUTERS

काठमाडौँ । अमेरिका–इजरायल र इरानबीच जारी युद्ध आज पाँचौँ दिन इरानी युद्धपोत ‘आइरिस डेना’ लाई श्रीलङ्काको समुद्री क्षेत्र नजिक आक्रमण गरी डुबाइएको छ । श्रीलङ्काली सरकारका अनुसार उक्त घटनामा हालसम्म ८७ इरानी नौसैनिकको ज्यान गएको छ ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले हिन्द महासागर क्षेत्रमा अमेरिकी पनडुब्बीले टोरपिडो प्रहार गरी इरानी जहाज डुबाएको बताएका छन् । श्रीलङ्काको नौसेनाले ३२ जना घाइते नौसैनिकको उद्धार गरी अस्पतालमा भर्ना गरेको जनाएको छ ।

उक्त जहाजमा करिब १८० जना नौसैनिक सवार रहेको बताइएको छ । हराइरहेकाहरूको खोजीका लागि उद्धार कार्य जारी छ । यो युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित अन्तर्राष्ट्रिय नौसैनिक समारोहमा सहभागी भएर फर्किँदै थियो ।

श्रीलङ्काली अधिकारीहरूका अनुसार बुधबार बिहान करिब ६ देखि ७ बजेको बीचमा सहयोगका लागि सन्देश प्राप्त भएको थियो । जहाज दक्षिणी श्रीलङ्काको गाले सहरबाट करिब ४० समुद्री माइल टाढा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?