चैत्र ८ गते २०८२ --:--:--
मेनु

नाटो देशहरुप्रति ट्रम्पको कटाक्ष- महंगीको गुनासो गर्छन् तर सहयोग गर्दैनन्

मेरो आर्थिक मेरो आर्थिक चैत्र ८ गते २०८२ ५:५३ AM
नाटो देशहरुप्रति ट्रम्पको कटाक्ष- महंगीको गुनासो गर्छन् तर सहयोग गर्दैनन्

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य देशहरूमाथि सहयोग नगरेको भन्दै आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले नाटो देशहरूले तेलको मूल्यवृद्धिको गुनासो मात्र गर्ने तर होर्मुज जलडमरूमध्य खुलाउन सहयोग नगर्ने बताएका छन् । उनले सबै देशले मिलेर समुद्री मार्गको सुरक्षा जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् ।

ट्रम्पले पछिल्लो एक सातादेखि विभिन्न देशहरूसँग सहयोग माग्दै दबाब बढाइरहेका छन् । अमेरिकाले अब एक्लैले जिम्मेवारी नलिई अन्य देशले पनि साथ दिनुपर्ने धारणा राखेको छ ।

यसैबीच रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई समर्थन जनाएका छन् । फारसी नयाँ वर्षको अवसरमा सन्देश दिँदै उनले रूस इरानको भरपर्दो साझेदारका रूपमा साथमा रहने बताएका छन् ।

रूसले अमेरिका र इजरायलका हमलाका कारण मध्यपूर्वको अवस्था थप जटिल बनेको र यसको प्रभाव विश्व ऊर्जा बजारमा परेको पनि जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?