चैत्र ८ गते २०८२ --:--:--
मेनु

इजरायलको अराद सहरमा इरानको भिषण आक्रमण

मेरो आर्थिक मेरो आर्थिक चैत्र ८ गते २०८२ १०:३५ AM
इजरायलको अराद सहरमा इरानको भिषण आक्रमण

काठमाडौँ । इजरायलको अराद सहरमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा घाइते हुनेको संख्या ८९ पुगेको छ। तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

इजरायलको आपतकालीन सेवा म्यागेन डेविड एडोमका अनुसार आवासीय क्षेत्रमा क्षेप्यास्त्र खस्दा ठूलो क्षति भएको हो । आक्रमणपछि धेरै सर्वसाधारण घाइते भएका छन् भने उद्धार टोलीले सबैलाई अस्पताल पुर्‍याएको छ। प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको छ ।

यस घटनापछि इजरायलको डिमोना क्षेत्रसहित दक्षिणी भागमा सुरक्षा कडा बनाइएको छ । गृह मोर्चा कमाण्डले दक्षिण क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने ५० जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन रोक लगाइएको छ ।

स्थानीय प्रसारण संस्थाका अनुसार नेगेभ, लाकिश र मृत सागर आसपासका क्षेत्रमा यी प्रतिबन्ध लागू गरिएको हो । क्षेप्यास्त्र आक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताइएको छ ।

ठूला कार्यक्रम सञ्चालन गर्दा पनि चेतावनी आएलगत्तै सुरक्षित स्थानमा पुग्न सकिने व्यवस्था अनिवार्य गरिएको छ । यसअघि नै शिक्षा मन्त्रालयले सोमबार देशभरका विद्यालय र कक्षा बन्द रहने घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?