नेपाल आयल निगम ले इन्धनको नयाँ मूल्य सार्वजनिक गरेको छ। शुक्रबार शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाइएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाइएको जानकारी दिइएको छ।
नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा १२ रुपैयाँले कमी गरिएको छ। संशोधित दर अनुसार पहिलो वर्गअन्तर्गत पर्ने क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल–मट्टितेल प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
यस्तै, खाना पकाउने एलपी ग्यासमा भने मूल्य वृद्धि गरिएको छ। प्रति सिलिन्डर १५० रुपैयाँ बढेसँगै अब एक सिलिन्डरको मूल्य २१६० रुपैयाँ पुगेको छ।
हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर ७ रुपैयाँले मूल्य बढाइएको छ। अन्तर्राष्ट्रिय उडानका लागि भने काठमाडौंमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ।











