भाद्र ११ गते २०८३ --:--:--
मेनु

गृहमन्त्री गुरुङद्वारा सर्वदलीय बैठकमा विपद्को अवस्थाबारे जानकारी

मेरो आर्थिक मेरो आर्थिक भाद्र ११ गते २०८३ १:४९ PM
गृहमन्त्री गुरुङद्वारा सर्वदलीय बैठकमा विपद्को अवस्थाबारे जानकारी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्राकृतिक विपद्पछि उत्पन्न अवस्थाबारे सर्वदलीय बैठकमा जानकारी गराएका छन्। सिंहदरबारमा आयोजित बैठकमा उनले प्रभावित क्षेत्रको उद्धार, सुरक्षा तथा क्षतिको अवस्थाबारे दलका शीर्ष नेताहरूलाई ब्रिफिङ गरेका हुन्।

गृहमन्त्री गुरुङका अनुसार सुरुङलगायत जोखिमयुक्त तथा संवेदनशील क्षेत्रमा खोज तथा उद्धारका साथै सुरक्षा व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

उनले विपद्का कारण पूर्वाधारमा ठूलो क्षति पुगेको र क्षतिको वास्तविक विवरण संकलन गर्न चुनौतीपूर्ण अवस्था रहेको बताए। प्रभावित क्षेत्रमा सञ्चार तथा अन्य उपलब्ध संयन्त्र परिचालन गरी क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको उनको भनाइ छ।

त्यस्तै, मानवीय क्षति तथा अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको यकिन विवरण पहिचान गर्न विभिन्न माध्यमबाट खोजी तथा समन्वय भइरहेको गृहमन्त्री गुरुङले बैठकमा जानकारी दिए।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?