सोलुखुम्बुमा सुन्तला उत्पादनमा वृद्धि, बजार र ढुवानीको अभाव : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

सोलुखुम्बुमा सुन्तला उत्पादनमा वृद्धि, बजार र ढुवानीको अभाव

मेरो आर्थिक मेरो आर्थिक माघ २६ गते २०८०

कोशी प्रदेशको पहाडी जिल्ला सोलुखुम्बुमा सुन्तला उत्पादन बढेको छ । यो सिजन ४०० मेट्रिक टनभन्दा बढीले बढेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

जिल्लामा अघिल्लो आर्थिक वर्ष २०२२-२३ को तुलनामा चालु आर्थिक वर्ष २०२३-२४ मा ४६९ मेट्रिक टन बढी सुन्तला उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकारी कुलबहादुर राईले जिल्लामा गत आर्थिक वर्ष १ हजार ६९० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा चालु आर्थिक वर्षमा २ हजार १ सय ५९ मेट्रिक टन पुगेको जानकारी दिए ।

जिल्लामा २९५ हेक्टरमा सुन्तला उत्पादन गर्न सकिने भएतापनि यस वर्ष 257 हेक्टरबाट मात्रै उत्पादन  गर्न सकिएको छ । यस वर्ष धेरै फल दिने सुन्तलाका रूखको सङ्ख्या बढेसँगै उत्पादन बढेको केन्द्रका सूचना अधिकारी राईले बताए ।

जिल्लाका आठ स्थानीय तहमध्ये सात स्थानीय तहमा सुन्तला उत्पादन गर्न सकिन्छ । अत्याधिक चिसोका कारण खुम्बु पासाङ ल्हामु गाउँपालिकामा खेती गर्न नसकिएको केन्द्रका प्रमुख दुर्गाबहादुर तिरुवाले बताए । जिल्लाको कुल सुन्तला उत्पादनको ६० प्रतिशत थुलुङ दूधकोशी गाउँपालिकाबाट हुने गरेको छ । यस गाउँपालिकाको देउसा क्षेत्र जिल्लाकै सुन्तलाको पकेट क्षेत्र हो।

जिल्लामा वर्षौदेखि सुन्तला उत्पादन बढ्दै गए पनि बजारमा लैजान समस्या भएको किसानको गुनासो छ । व्यवसायिक सुन्तला खेतीमा लागेका कृषकहरु उत्पादन हुने सुन्तलाको ठूलो हिस्सा बजार र यातायातको सुविधा नहुँदा खेर जाने गरेको बताउँछन् ।

जिल्लामा उत्पादन हुने सुन्तलाको बजार जिल्लाभित्रै सीमित छ । जिल्ला सदरमुकाम सल्लेरीमा बिक्रीका लागि ल्याइएको सुन्तला प्रतिकिलो ५० रुपैयाँमा पनि बिक्री नभएको देउसाका कृषकहरु बताउछन् ।

सुन्तला किसानले नाफा कमाउन नसकेको देखिन्छ । बजार नभएको हैन तर अन्य जिल्लाको ठूला बजारमा आफ्नो उत्पादन लैजाने सुविधा छैन । देशको भोभौलिक विकटता र यातायात असुविधाका कारण कृषक मारमा पर्दै आएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?