Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

सिट्रोन ई–सी ३ साइन, कति पर्छ मूल्य ?

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २१ गते २०८१
सिट्रोन ई–सी ३ साइन, कति पर्छ मूल्य ?

नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन ई–सी३ को प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपाल भित्र्याएको छ ।

उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध भित्रिएको यो इलेक्ट्रिक गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास कम्पनीको छ ।

अत्याधुनिक प्रविधि र परिष्कृत आराम सुविधाहरूले सुसज्जित यस इलेक्ट्रिक गाडी सिट्रोन ई–सी३ साइनमा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्विल, एलोय ह्विल र इलेक्ट्रिकल ओआरभीएम जस्ता फिचरहरु समावेश छन् । यी फिचरहरूले प्रयोगकर्तालाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीले सिट्रोन ई–सी३ साइनको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य अन्तिम स्टकसम्म रहने कम्पनीको भनाइ छ ।

Add a new comment