Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नियम विपरीतकाे कसुरमा ६ वटा बैङ्क तथा वित्तिय संस्था परे कारवाहीमा

मेरो आर्थिक
मेरो आर्थिक
माघ १५ गते २०८०
नियम विपरीतकाे कसुरमा ६ वटा बैङ्क तथा वित्तिय संस्था परे कारवाहीमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियमविपरीत काम गर्ने ६ वटा बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ जसमा पर्नेमा वाणिज्य बैंकहरूमा ग्लोबल आईएमई बैंक, प्रभु बैंक र हिमालयन बैंक रहेका छन् भने विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक रहेका छन् । त्यस्तै वित्त कम्पनीहरूमा रिलायन्स फाइनान्स कारवाहीमा परेको छ ।

प्रिमियम बढाएर बढी ब्याज असुल गरेको, राष्ट्र बैंकको निर्देशनबमोजिम प्रिमियम फिर्ता नगरेको, कर्जा दुरुपयोग भएको, खराब कर्जा पनि पुनर्संरचना तथा पुनर्तालिकीकरण गरेकोलगायत आरोपमा ग्लोबल आईएमई बैंक र प्रिमियम बढाएर बढी ब्याज असुलेको, नियममा तोकिएको भन्दा कर्जाको कम जोखिमभार गणना गरी गलत रिपोर्टिङ गरेकोलगायत कसुरमा प्रभु बैंक र हिमायलन बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ भने सञ्चालक समितिलाई सचेत गराएको छ ।

निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई १० लाख नगद जरिवाना गरेको छ । गरिमा विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिको संयुक्त खाता र तिनको व्यक्तिगत खातामा व्यावसायिक कारोबार भएको, खाताको सीडीडी नियमित अद्यावधिकसमेत नभएकाले संस्थाको संस्थागत र सञ्चालकको आचरण कार्यान्वयनको अवस्थासमेत कमजोर देखिएको भन्दै राष्ट्र बैंकले कारबाही गरेको छ ।

Add a new comment