सामाजिक सुरक्षा कोषमा आबद्धका परिवारलाई पनि औषधोपचार सुविधा : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

सामाजिक सुरक्षा कोषमा आबद्धका परिवारलाई पनि औषधोपचार सुविधा

मेरो आर्थिक मेरो आर्थिक जेठ १८ गते २०८१
SHARES
0

सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रमा रहेका तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि अब औषधोपचार सुविधा पाउने भएका छन् ।

यसअघि आबद्ध भएका श्रीमान् वा श्रीमतीलाई मात्र यो सुविधा प्रदान गरिन्थ्यो । अबदेखि कोषले आबद्ध भएकाका छोराछोरीलाई समेत समेटेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बिहीबार विराटनगरमा भएको श्रमाधान रोजगार मेलाको अवसरमा कोषद्वारा विस्तारित यो सुविधाको औपचारिक घोषणा गरेका हुन् ।

कोषले आजैदेखि लागू हुने गरी अनौपचारिक तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधोपचार सुविधा प्रदान गर्ने कार्यविधि संशोधन गरेको छ । जसअनुसार श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्षमुनिका छोराछोरीले वार्षिक १ लाखसम्मको औषधि उपचार गर्न सक्नेछन् ।